News Portal

कांग्रेस महाधिवेशन : सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

रातोपोस्ट संवाददाता
७५६ पटक

काठमाडौं, २८ मंसिर ।सभापतिका लागि दोस्रो चरणको मतदान सुरु नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरु मतदान गर्नको लागि राष्ट्रियसभा गृह बाहिर लामो लाइनमा बसेका छन्।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुन: मतदान हुन लागेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला चुनावी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस्