News Portal

२४ घण्टामा २६४ जनामा संक्रमण पुष्टि, २ जना मृत्यु

रातोपोस्ट संवाददाता
३३५ पटक

काठमाडौ‌, २८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ र ४ हजार ३१७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३६२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्