News Portal

काँग्रेस महामन्त्रीको ५ सय मतपत्र गन्दा कसको कति मत ?

रातोपोस्ट संवाददाता
५९४ पटक

काठमाडौ, १ पुस । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।
निर्वाचन समितिका अनुसार ५०० मत गन्दा गगन थापाले सर्वाधिक ३३५ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १८५ मत ल्याएका छन् भने प्रदिप पौडेलले १७७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६ मत पाएका छन् । यस्तै राजाराम कार्कीले १२ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।

प्रतिकृया दिनुहोस्