News Portal

डा. संगिता मिश्रा स्वास्थ्य मन्त्रालयको प्रवक्ता

रातोपोस्ट संवाददाता
५७७ पटक

काठमाडौं, १ पुस । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. संगीता मिश्रालाई नियुक्त गरेको छ । उनलाई बुधबार स्वास्थ्य मन्त्रालयले प्रवक्तामा नियुक्त गरेको हो ।

मिश्रा केही दिनअघि मन्त्रालयमा स्वास्थ्य समन्वय महाशाखाको प्रमुख बनेकी थिइन् । उनले यसअघि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालको निर्देशकको पनि सम्हालिसकेकी छन् ।

यसअघिका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मन्त्रालयको प्रवक्ता र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा दुवैको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्