News Portal

कांग्रेस सह-महामन्त्रीमा उपाध्याय, परियार र आङ्देम्बे विजयी

रातोपोस्ट संवाददाता
५३८ पटक

काठमाडाैं, २ पुस । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। उनले दुई हजार ५३३ मत ल्याएकी छन्। उनकी प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याइन्। महिलातर्फ चार हजार ६५० मत खसेकोमा ५४ मत बदर भएको थिए।

त्यस्तै, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन्। उनले दुई हजार २१२ मत ल्याएका छन्। सहमहामन्त्रीका प्रत्यासी मानबहादुर श्विकर्माले दुई हजार १७५ र गंगा सुनारले २२९ मत ल्यानइन्।

दलिततर्फ चार हजार ६७० मत खसेको थियो। यसैगरी, आदिवासी जनतातितर्फ भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मत लिएर सहमहामन्त्री बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गरे। आदिवासी जनजातीतर्फ चार हजार ६८१ मत खसेको थियो। कांग्रेसमा आठ वटा सहमहामन्त्री हुने व्यवस्था छ। अब पाँच वटा सहमहामन्त्रीको मतगणना आज हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्