News Portal

सहमहामन्त्री मत गणना : पिछडिएको क्षेत्रबाट पाण्डेको अग्रता

रातोपोस्ट संवाददाता
३२३ पटक

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको ५ सहमहामन्त्रीको मतगणना जारी छ । विभिन्न कोटाबाट उम्मेवार रहेका मध्ये अहिले मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस(आर्य को मतगणना भइरहेको छ ।

सो क्रममा पिछडिएको क्षेत्रबाट प्रतिस्पर्धामा रहेका बद्री पाण्डेले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । १७ सय १० मत गणना गर्दा पाण्डेले ८३९ मत प्राप्त गरेका छन् । त्यस्तै जीवन बहादुर शाहीले ७७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पाण्डे शेखर कोइराला प्यानलका हुन् भने शाही शेरबहादुर प्यानलका हुन् ।

यता खस आर्यमा किशोरसिंह राठौरले अग्रता कायम राखेका छन् । देउवा प्यानलका उनलाई शेखर कोइराला प्यानलका देवराज चालिसेले पच्छ्याइरहेका छन् ।कांग्रेसको विधान अनुसार ८ सहमहामन्त्री हुनेछन् । जसमा यसअघि नै ३ कोटाको सहमहामन्त्रीसहित सभापति, उपसभापति र महामन्त्रीको अन्तिम नतिजा आइसकेको छ ।

प्रतिकृया दिनुहोस्