News Portal

थप १८९ जनामा सङ्क्रमण पुष्टि,२ जना मृत्यु

रातोपोस्ट संवाददाता
३१४ पटक

काठमाडौं, ३ पुस । पछिल्लो २४ घण्टामा १८९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ५ हजार ४८३ जनामा पीसीआर परीक्षण गरिएकोमा १५८ जनामा र २ हजार ५१४ जनामा एन्टीजेन परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २५० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७२ पुगेको छ।

यसैगरी देशमा हालसम्म ५ हजार ४२८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्