News Portal

सभामुखले पार्टी बिर्सेर दूतको काम गरिरहेका छन् : भट्ट

रातोपोस्ट संवाददाता
६१३ पटक

काठमाडौं,७ पुस । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले संसदमा सभामुख अग्निप्रसाद सापकोटाले भूमिका बिर्सेर पार्टीको दूतको रूपमा काम गरिरहेको आरोप लगाएका छन्।धनगढी विमानस्थलमा बुधबार बेलुका पत्रकारहरूसँग कुरा गर्दै भट्टले सभामुख सापकोटाको त्यही भूमिकाका कारण एमालेले विरोध जारी राखेको बताए।‘सदनलाई व्यवस्थित गर्ने र संसदीय मर्यादालाई अगाडि बढाउने भन्ने उहाँलाई ज्ञानै छैन,’ उनले भने।

देशका बुद्धिजीवी, राजनीतिक विश्लेषकले पनि परमादेशबाट आएको सरकारले अध्यादेशबाट पार्टी फुटाएको भन्दै आएको उनले बताए। अध्यादेशबाट पार्टी फुटाउने संस्कारले लोकतन्त्रलाई अघि बढ्न मद्दत नगर्ने उनले बताए। भन्न त उहाँहरूले प्रतिगमनलाई ठिक गर्‍यौं भन्नुभा’छ, तर त्यही प्रतिगमनकै कदममा अघि बढ्नुभएको छ भन्ने लाग्छ, प्रतिगमनको अप्रजातान्त्रिक कदमको नमूना सदनमा देखिएको छ,’ उनले भने।

परमादेशबाट आएको सरकार र गठबन्धनबाट धेरै अपेक्षा गर्न नसकिने उनको भनाइ छ।भट्टले सरकारले एमसिसी सदनमा टेबुल गरेपछि आफ्नो पार्टीले के गर्छ भन्ने निर्णय गर्ने बताए। उनले पार्टी अध्यक्ष केपी ओलीले सदनमा बोलेको कुरालाई उद्धृत गर्दै सत्ता गठबन्धनसँग १६५ मत रहेको र त्यो बहुमतबाट पास हुने भएकाले एमसिसी टेबल गर्नु सुझाव दिए।त्यसपछि एमालेले के गर्छ भन्ने निर्णय गर्ने उनले बताए।

प्रतिकृया दिनुहोस्