News Portal

कांग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने

रातोपोस्ट संवाददाता
६३१ पटक

काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै कलष्टरको मतगणना सकिएको छ । आज दिउँसोसम्ममा खस आर्य र जनजाति कोटाको पनि मतगणना सकिने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । दलित कलष्टरको मतगणना सकिएको तर औपचारिक घोषणा गर्न बाँकी छ ।

दलित खुलातर्फ कसले जिते ?

दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा. शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् । मानबहादुर नेपाली, प्रकाश रसाइली (स्नेही), नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका हुन् ।

उनीहरूमध्ये स्नेही मात्र कोइराला प्यानलबाट विजयी भएका हुन् । दलित महिलातर्फको ४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचित सबै देउवा प्यानलबाटै विजयी भएका छन् । उनीहरूमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रूपा विश्वकर्मा रहेका छन् ।

प्रतिकृया दिनुहोस्