News Portal

माओवादी केन्द्र र नेकपा मसालबिच पार्टी एकता घोषणा

रातोपोस्ट संवाददाता
५७५ पटक

झापा, ९ पुस । माओवादी केन्द्र र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बिच पार्टी एकता भएको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्ड र लम्सालबिच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबिच विभिन्न चरणमा भएका छलफल र संवादपछि उक्त एकता भएको प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्