News Portal

शंकर पोखरेल : एकता जोगाउन नसकेकोमा पछुतो छ

रातोपोस्ट संवाददाता
४२५ पटक

काठमाडौं, ११ पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकताको जोगाउन नसक्दा आफूलाई पछुतो भएको बताएका छन्। आइतबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्नु कुनै गलत नभएको बताए ।

जनतामा जाने काम प्रतिगमन नभएको भन्दै उनले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताए । उनले हालसम्म राज्यमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको पनि बताए । १२ बुँदे सहमति दोस्रो जनआन्दोलन संविधान निर्माण र संघीयताको विजारोपण सामूहिक प्रयासमा भएको उनले बताए ।

नेपालमा तीनवटा क्रान्ति गर्दा पनि मुलुकलाई परिर्वतन गर्न नसकेको भन्दै उनले जनताले क्रान्तिमात्र नभएर विकास पनि खोजेको बताए ।

प्रतिकृया दिनुहोस्