News Portal

कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

रातोपोस्ट संवाददाता
४७९ पटक

काठमाडौँ, १३ पुस । एक खेल अगाडि यु-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ।

कुवेतसमेत प्रतियोगितामा जितविहीन छ । कुवेत पनि सान्त्वना जित निकाल्ने दाउमा छ । यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो । यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

प्रतिकृया दिनुहोस्