News Portal

महाधिवेशनस्थलमै माओवादी स्थायी कमिटी बैठक जारी

रातोपोस्ट संवाददाता
३५८ पटक

काठमाडाैं, १३ पुस ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । ८औं महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा स्थायी बैठक सुरू भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेस गर्ने भनेको सहायक प्रस्तावलाई कसरी लैजाने भन्नेबारे छलफल हुने एक नेताले बताए । त्यस्तै विधान संशोधन प्रस्तावमाथि छलफल पनि बैठकको एजेण्डा छ ।

प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएको छ । छुट्टाछुट्टै स्थानमा भइरहेको छलफल आज दिनभर चल्नेछ । समूहगत छलफलबाट सुझाव आएसँगै भोलिबाट महाधिवेशनको अन्य प्रक्रिया अघि बढाइने कार्ययोजना छ ।

प्रतिकृया दिनुहोस्