News Portal

माओवादी महाधिवेशन समूहको निष्कर्ष :‘एमसीसी खारेज गर्नुपर्छ, श्रम नगर्ने असभ्य हुन्’

रातोपोस्ट संवाददाता
६५५ पटक

काठमाडाैँ, १४ पुस । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान मस्यौदमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम जारी छ । निष्कर्ष सुनाउने क्रममा प्रदेश १ को समूह ४ ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्नु पर्ने निचोड निकालेको छ ।

समूहका सदस्य पदमबहादुर राईले एमसिसी खारेज गर्नुपर्ने निष्कर्ष आफ्नो समूहले निकालेको बताए । उनले आफ्नो समूहले एमसीसी खारेज गर्नुपर्ने, श्रम संस्कृति विकास गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दा हेर्नुपर्ने, विषादी र रासायनिक मल निषेध गर्नुपर्ने र प्रागंरिक मल प्रयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताए । श्रम नगर्ने असभ्य नागरिक हुने आफूहरूको धारणा रहेको समेत बताए ।

विचारको उचाइको तुलनामा योजना र कार्यक्रम असाध्यै कमजोर आएको औँल्याउँदै यो समूहले प्रतिवेदन गम्भीरतापूर्वक पुनर्लेखन गर्नुपर्ने धारणा राखेको छ । संविधानले निर्दिष्ट गरेअनुसारको पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक जाति क्षेत्रका आधारमा मात्र नभएर वर्गको आधारमा हुनपर्ने यो समूहको माग छ ।

प्रतिकृया दिनुहोस्