News Portal

बुधबार २२० संक्रमित थपिए, दुई जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३४२ पटक

काठमाडौं, १४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ६ हजार ४ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९ र एक हजार एक सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा २ सय ५३ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल संक्रमितको संख्या ४ हजार ८ सय ६४ रहेको छ । जसमध्ये ४ हजार ६ सय ८ जना होम आइसोलेसनमा छन् भने २ सय ५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ८७ जनाको आइसियु र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्