News Portal

थप २४१ जनामा संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
८७६ पटक

काठमाडौं, १५ पुस । देशभर थप २४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३५ र एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा थप २२८ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ। हाल देशभर ४ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन्।

कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन्।

प्रतिकृया दिनुहोस्