News Portal

पर्यटन बोर्डका अध्यक्ष रेग्मीलाई ‘साँढे’ भन्दै मन्त्री आलेले सुनाए रक्सीका किस्सा

रातोपोस्ट संवाददाता
६०३ पटक

काठमाडौं, १६ पुस । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनन्जय रेग्मी ल्याउनुलाई विडम्बना भएको संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आलेले स्वीकारेका छन्।नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले सीईओ रेग्मीलाई साँढेको संज्ञा मात्रै दिएनन्, उनकै कारण पर्यटन बोर्डको काम प्रभावहीन भएको आरोप पनि लगाए।

उनले लन्डनमा भएको एक घटनालाई जोड्दै रेग्मीबारे किस्सा सुनाए। ‘ह्विस्की ल्याएर राख्नुभयो। मैले खाँदिन भनेँ। हाम्रो सचिवज्यू यादव कोइराला, उहाँ पनि विचरा साकाहारी। अब अगाडि बसेको छ उही साँढे। फटाफट लगाएको छ। मलाइ पनि खा कि खा भन्छ। म त खान्न। यस्तो मान्छेलाई सीईओ बनाइएछ। बडा बिडम्बना छ,’ मन्त्री आलले सुनाए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचमा खटिएका नायव सुब्बालाई कुटपिट गरेको अभियोगमा कारबाहीमा तानिएका थिए। मन्त्रालयले रेग्मीलाई निलम्बन गरेको थियो। तर, सर्वोच्च अदालतले रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। माघ ३ गतेसम्म रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो।

अदालतले माघ ३ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ। यसैबिच मन्त्रीको यस्तो अभिव्यक्ति आएको हो। पर्यटन बोर्डको कार्यक्रम आज सीईओ रेग्मी भने अनुपस्थित रहे। मन्त्री आलेले गाडी बेचेर आफूलाई किन्न खोजेको आक्षेप लगाउँदै त्यस्तो नसोच्न भनेका थिए। कार्यक्रममा मन्त्री आलेले इमान बेचेर कुर्सीमा नबस्ने समेत दाबी गरे।

प्रतिकृया दिनुहोस्