News Portal

थपिए ३२६ संक्रमण पुष्टि , २ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३०९ पटक

काठमाडौं, १९ पुस । पछिल्लो २४ घण्टामा देशभर ३२६ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ वटाको नतिजा पोजिटिभ आएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।

त्यस्तै आज २५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्