News Portal

काँकरभिट्टा माबिमा एस निकट विधार्थी संगठनकाे अध्यक्षमा राजीव राजवंशी

रातोपोस्ट संवाददाता
५६७ पटक

काँकरभिट्टा, २१ पुुस । मेचीनगरस्थित काँकरभिट्टा उच्च मा.विमा राजीब राजवंशीको अध्यक्षमा अनेरास्ववियू (एकिकृत समाजबादी) कमिटि गठन भएको छ ।

कमिटिको उपाध्यक्षमा दिपिका लामिछाने, बिशाल अधिकारी, कञ्चन प्रसाई, सचिवमा शैलेश निरौला, सह-सचिवमा देविका प्रसाई, पूजा पाण्डे, निश्चिता राना, कोषाध्यक्षमा दिक्षा पाण्डेसहित ७७ सदस्यीय सर्वसम्मत चयन भएका छन् ।

काँकरभिट्टा उच्च मा.विको परिसरमा बुधबार आयोजित अनेरास्ववियू (एकिकृत समाजबादी)का जिल्ला कमिटि अध्यक्ष हरि प्रसाद भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा एकिकृत समाजबादी केन्द्रीय परिषद् सदस्य सुभद्रा भट्टराईको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा बिशिष्ट अथिति एकिकृत समाजबादीका नगर कमिटि सदस्य सुवणर् भट्टराई, जिल्ला कमिटि उपाध्यक्ष बिनम सरदार, जिल्ला कमिटि सदस्य बिक्रम दुलाल, बिश्वास दाहाल, दिक्षा खड्का, सुरज राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत बिक्रम दुलालले गरेका थिए भने सञ्चालन बिनम सरदारले गरेका थिए ।

प्रतिकृया दिनुहोस्