News Portal

मोटरसाइकलको ट्यांकीमा भेटियो ३८ लाख रूपैयाँ, एक जना पक्राउ

रातोपोस्ट संवाददाता
५७६ पटक

धनुषा, २२ पुस । धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजार रूपैयाँसहित एक युवक बिहीवार पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१, सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रदेश–२–०२००१प ०४८०८ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशंका छ ।

प्रतिकृया दिनुहोस्