News Portal

पाल्पा एमाले अध्यक्षमा घिमिरे निर्विरोध

रातोपोस्ट संवाददाता
२९५ पटक

काठमाडौं, २४ पुस । नेकपा माले पाल्पाका पुराना नेता धनेन्द्रराज घिमिरे जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पार्टीको ९औं अधिवेशनले घिमिरेलाई अध्यक्ष बनाएको हो । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा टीका थापा र सुनिता शर्मा निर्विरोध भएका छन् । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ ।

एमाले जिल्ला कमिटी १०५ सदस्यीय रहेको छ । अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आएको बताए ।

उनले विकास निर्माणका ठूला काम एमाले सरकारले शुरू गरेकाले अब ती काम पूरा गर्न पनि निर्वाचन जित्नुपर्ने बताए । अधिवेशनका लागि जिल्लाका सबै वडा तथा पालिका तहबाट ७०० प्रतिनिधि थिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले जनताको माझमा पुगेर लोकप्रिय मत ल्याउन एकताबद्ध भएर जानुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्