News Portal

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागु

रातोपोस्ट संवाददाता
२६० पटक

काठमाडौं, २६ पुस । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज (सोमबार)बाट आचारसंहिता लागू भएको छ। निर्वाचन अवधिभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ।

‘आचारसिंहताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचारसिंहताको पूर्णरुपमा पालना गर्न–गराउन आयोग सम्पूर्ण सरोकारवालाहरुमा निर्देश गर्दछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।

आचारसिंहता तीन तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लागू हुने आयोगले जनाएको छ। त्यस्तै, आचारसिंहता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन्।

यसैगरी निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालिक विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आचारसिंहता पालना गर्नुपर्ने आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्