News Portal

आज ३०० औं पृथ्वी जयन्ती, काँकरभिट्टामा विभिन्न कार्यक्रम गरि मनाइँदै

रातोपोस्ट संवाददाता
९१५ पटक

झापा, २७ पुस । पृथ्वीनारायण शाहको ३ सय औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा झापाकाे मेचीनगरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

आज पुस २७ गते पृथ्वीनारायण शाहको ३ सय औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मेचीनगरस्थित काँकरभिट्टामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे हाे । राप्रपा झापा एवं मेचीनगर नगर समितिकाे आयोजनामा हुने कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्री तथा पार्टिका केन्द्रीय सदस्य रामकुमार सुब्बाले सम्बाेधन गर्ने कार्यक्रमको रहेकाे राप्रपा मेचीनगर नगरका अध्यक्ष सबिना कटेल बजगाइले बताइन् ।

पृथ्वीनारायण शाहको ३ सय औं जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन आज विहान ११:३० बजे हनुमान मन्दिर अगाडि सम्पुर्ण देश भक्त नेपालीहरुलाई उपस्थित हुन नगर अध्यक्ष बजगाइले आग्रह गरेकी छिन ।

प्रतिकृया दिनुहोस्