News Portal

सर्वोच्चका पूर्वप्रधानन्यायाधीश शर्माको निधन

रातोपोस्ट संवाददाता
५९६ पटक

काठमाडौं, ५ माघ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेरमा आज निधन भएको छ । मिर्गौलाको समस्याबाट पीडित उहाँको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो ।

सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गर्नुभएको थियो ।

स्व शर्माको एक छोरा एक छोरी हुनुहुन्छ । छोरा क्यानडाबाट आएपछि अन्त्येष्टि गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्