News Portal

झापा गोल्डकप : पुलिसलाई पराजित गर्दै संकटा क्वाटर फाइनलमा

रातोपोस्ट संवाददाता
३७७ पटक

झापा, २२ फागुन । नेपाल पुलिस क्लबलाई हराउँदै संकटा क्लब काठमाडौँ झापा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा संकटाले पुलिसलाई १-० को गोलअन्तरले हराएको हो ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा संकटाका उत्तम राईले खेलको ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले हेडमार्फत निर्णायक गोल गरेका थिए । खेलको सुरुवाती समयदेखि नै आक्रमक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । जसअन्तर्गत दोस्रो हाफमा निर्णायक गोल भएको हो ।

यस्तै आजको खेलको म्यान अफ द म्याच विजेता टिम संकटाका फोडे फोफोना घोषित भएका छन् । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । हिजोबाट शुरु भइ फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउने भने उपविजेताले ६ लाख पाँच हजार प्राप्त गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलीको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्