News Portal

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

रातोपोस्ट संवाददाता
३८४ पटक

काठमाडौं, २३ फागुन । जागिर लगाइदिने भनि जब सेन्टरको नाममा ठगि गर्ने गिरोहका ९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरु जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लागईदिने बहानामा ठगी गरेको उजुरी परेपछि प्रहरीले सो कार्यमा ठगी गर्ने ९ जनालाई पक्राउ गरेको जनाएको छ।

विभिन्न स्थानहरुमा जब प्लेसमेन्ट कम्पनीहरु दर्ता गरेर उनीहरुले सामाजिक सञ्जाल फेसबुक, टीकटक, पत्रपत्रिका, प्रचारपम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फाराम भर्न भनि ३०० देखि रु ५०० सम्म फाराम चार्ज तथा १ हजार देखि ६ हजारसम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पनि प्रहरीले जनाएको छ।

त्यस्तै कुनै एक जब सेन्टरमा फाराम दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फाराम शुल्क असुल्ने गरेको पाईएको प्रहरीले जनाएको हो। यसरी पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित जब प्लेसमेन्ट कम्पनीका सञ्चालक २६ वर्षिय अमर पाण्डे, पेप्सिकोला बस्ने ३२ वर्षिय तिलकराम पाण्डे, २२ वर्षिय आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एक प्लेसमेन्ट कम्पनीका सञ्चालक २३ वर्षिय विवेक यादव, कपनका अर्का कम्पनी सञ्चालक २८ वर्षिय अश्विन राई रहेका छन्।

यस्तै कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक २२ वर्षिय घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका २५ वर्षिय सृजना लामिछाने, कोटेश्वरस्थित अर्का सञ्चालिका ४० वर्षिय ज्ञानु न्यौपाने र कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रालिका २२ वर्षिय रामवचन कुमार यावद पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्