News Portal

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत

रातोपोस्ट संवाददाता
६९४ पटक

कास्की, २९ फागुन । प्रेस चौतारी नेपालको अध्यक्षमा फेरि गणेश बस्नेतलाई नै चयन गरिएको छ । पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको हो ।

बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर, महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्