News Portal

झापामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

रातोपोस्ट संवाददाता
४९९ पटक

झापा, ४ चैत्र । झापाको बिर्तामोड नगरपालिका- ५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।घटनामा संलग्न बिर्तामोड- ५ का ४० वर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए। श्रीमानको कुटाईबाट घाइते भएकी खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियाे।

उक्त अस्पतालमा उपचार हुन नसकी आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकोमा उनको बिहीबार राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्