News Portal

दिवा खाजामा अनियमितता गरेको आरोपमा हेडमास्टर पक्राउ

रातोपोस्ट संवाददाता
२९५ पटक

काठमाडाैँ, २२ चैत्र । विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहा औरही गाउँपालिकाका आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको नेतृत्वमा गएको टोलीले सो स्कुलका प्रधानाध्यापक उमेन्द्रकुमार यादवलाई पक्राउ गरेको छ ।

निर्वाचन सम्बन्धी अनुगमनमा गएको बेला विद्यालयमा विद्यार्थीहरूलाई बिस्कुट र चाउचाउ खुवाएको देखेपछि बुझ्न जाँदा अनियमितता गरेको फेला परेको प्रजिअ कवारीले बताए । दिवा खाजाका लागि सरकारले रकम दिएको तर विद्यालयले विद्यार्थीलाई चाउचाउ र बिस्कुट खुवाएर अनियमितता गरेको उनले बताए । उनले भने, ‘हेडमास्टरलाई समातेर ल्याएका छौँ, अहिले उहाँलाई प्रहरी चौकीमा राखिएको छ, स्कूलका अध्यक्षलाई दिवा खाजाको सबै हिसाब किताब लिएर आउन भनेका छौँ । सबै कागजात आएपछि छानबिन गरेर मात्र उहाँलाई छाडिने छ ।’

प्रतिकृया दिनुहोस्