News Portal

श्रीलंकामा स्वास्थ्य आपतकाल घोषणा

एजेन्सी
५३५ पटक

एजेन्सी, २२ चैत्र । श्रीलंकामा औषधिको चरम अभावका कारण मंगलबार स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएशन ९न्ःइब्० को आपतकालीन कानून लागू गर्नेबारे बसेको बैठकपश्चात् यो निर्णय घोषणा गरिएको हो।

जिएमओएका सचिव डा। सेनाल फर्नान्डोले स्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय बिरामीको जीवन रक्षाका लागि लिएको बताएका छन्। बैठकमा जिएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ।

श्रीलंकाका सञ्चारमाध्यमले अहिलेको आर्थिक संकट जारी रह्यो भने औषधिको अभाव भविष्यमा अझै चर्किने आशंका गरेका छन्। यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो । स्वास्थ्य सेवालाई अत्यावश्यक घोषणा गरेपछि सरकारले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउने व्यवस्था मिलाउनुपर्ने थियो,’ डा फर्नान्डोले भने। त्यसैले आपतकालीन औषधि अभावको पूर्ण जिम्मेवारी सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने उनको भनाइ छ।

श्रीलंकाको सरकारले आर्थिक संकटसँग जुध्न सरकार अपनाएका प्रयासप्रति जनताको असन्तुष्टिलाई लिएर कोलम्बोमा शनिबार व्यापक विरोध प्रदर्शन भएपछि ३ दिन कर्फ्यू लगाएको छ। श्रीलंकाका राष्ट्रपतिले शुक्रबार ुसार्वजनिक सुरक्षा र सार्वजनिक व्यवस्थाकोु सुनिश्चितता गर्न देशव्यापी आपतकालको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्