News Portal

आज रातिबाट आचारसंहिता लागू, उल्लंघन गरे कारबाही हुन्छ ‍: आयोग

रातोपोस्ट संवाददाता
९२९ पटक

काठमाडौं, २५ चैत । आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुनेछ । यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर अनुसार कारबाही हुने बताए । ‘आचारसंहिता पालना गर्छाैं भनेर प्रतिबद्धता जनाउने, तर उल्लंघन गरेमा निर्वाचन कसुर अनुसार कारबाही हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने । आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नभएको र गरेमा कारबाही गरेरै छाड्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्