News Portal

महासचिब बिप्लव माथि कारबाही भन्नू हास्यास्पद: सुमनसिंह

रातोपोस्ट संवाददाता
९६६ पटक

झापा २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य सुमनसिंह पाैडेलले क्रान्तिको गलामा भुत्ते तरवार चलाउन खोज्ने हुतिहाराहरुले महासचिब बिप्लवलाई कारबाही भन्नू लज्जास्पद र हास्यास्पद भएको टिप्पणी गरेका छन ।

रातोपाेष्टले उनीसंग गरेको कुराकानीमा उनले भने “आज न्वारान देखिको बल लगाएर प्रतिकृयावादी मिडियाहरु यो बिषयलाई उराल्न लागिपरेका छन, सबैले बुझ्नु पर्छ कि यो उनीहरुको कुनै सैद्धान्तिक, बैचारिक, बिधी, अनुशासनको बिषय नभएर कुन्ठाले भरिएको घैटों फुटेको बताए । उनीहरुलाई उचाल्नु र महासचिबलाई कारबाही भन्नू हांस्यास्पद कुरा भएकाे उनले बताए ।

अलिकति नैतिकता हुनेले फरक बिचार सहित महाधिवेशनसम्म गएर बिचार सिद्धान्तमा प्रतिस्पर्धा गर्ने थिए तर उनीहरुलाई क्रान्तीसंग कुनै मतलब नभएको बरु बाहिरी तत्वको उक्साहट र षड्यन्त्रमा परेर जथाभाबी गर्न थालेको उनले बताए । उनले भने ” साथीहरुले क्रान्तिको गर्दनमा तरवार चलाएको ठाने, तर उनीहरुले चलाएको तरवार यति भुत्ते, यति खिया लागेको रहेछ त्यो प्रस्ट भएको छ । उनीहरुले चुनाबी कार्यनितिलाई प्रयोगमा लान केही अवराेध गर्न खोजे यसले सिंगो क्रान्ति र कार्यदिशालाई अलि कति पनि असर नगर्ने उनले बताए ।

उनले ढुक्कका साथ भने ” कोहि भ्रममा पर्नु पर्दैन एकीकृत जनक्रान्ति समय र सन्धर्भ अनुसार कार्यनितिलाई बिकसित गर्दै अगाडी बढ्ने छ । यदि उनीहरु भित्र कोही इमानदार छ भने अवश्य क्रान्तिमासंगै हुन आईपुग्ने समेत सिंहले दाबी गरे ।

प्रतिकृया दिनुहोस्