News Portal

  • पाल्पामा जिप दुर्घटना हुदा एकको मृत्यु, दुई घाइते

    रातोपोस्ट संवाददाता
    ८६ पटक

    पाल्पा, २२ बैसाख । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको गाडी तिनाउ गाउँपालिका-५, चरचरेमा दुर्घटना हुँदा रामपुर नगरपालिका-३, गण्डकीढिक स्थायी घर भई रामपुर-५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए ।

    रामपुर नगरपालिका-३ का २७ वर्षका गाडी चालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षका टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)