News Portal

  • दमक नगरपालिकाका मेयरका उम्मेदवार राम थापा अस्पताल भर्ना

    रातोपोस्ट संवाददाता
    ८८२ पटक

    झापा, २९ बैशाख । दमक नगरपालिकाको मेयर पदका उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश-१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी बुधबार साँझ बिरामी परेर दमक आम्दा अस्पताल भर्ना भएका थिए । तर, अस्पतालमा भिडभाड भएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको एक नेताले जानकारी दिए । धरानमा जाँचका क्रमम एपेन्डिसाइट भएको पुष्टि भएको छ ।

    यद्यपि उनी आजै डिस्चार्ज हुने बताइएको छ । निर्वाचनलगत्तै एपेन्डिक्सको शल्याक्रिया हुने उनले बताए । ‘अहिले इन्जेक्सनले काम गर्छ भन्ने डाक्टरको सल्लाह छ,’ ती नेताले भने, ‘अब निर्वाचनलगत्तै अपरेसन हुन्छ ।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)