News Portal

प्रथम केएफटिसी सिटी लिग यु–१४ : आजकाे खेल राइजिङ ब्वाइज र संगम क्लब बिच हुने

रातोपोस्ट संवाददाता
४८१ पटक

झापा, १५ जेठ । झापाको मेचीनगरमा भएको “प्रथम केएफटिसी सिटी लिग यु–१४” फुटबल प्रतियोगितामा आजकाे खेल राइजिङ ब्वाइज र संगम फुटबल क्लब बिच हुने छ । मेचीनगर स्थित काँकरभिट्टा माविको खेल मैदानमा दिउसाे ३ः४५ बजेदेखि हुने खेलमा राइजिङ ब्वाइज र संगम फुटबल क्लब बिच खेल हुने काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले बताए । हिजाे शनिबार भएकाे उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोलले पराजित गर्दै ह्याप्पी क्लब विजयी भएकाे थियाे ।

जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष बस्नेतले बताए । खेलमा सर्वोत्कृष्ट खेलाडीले ५ हजार १ सय, सर्वाधिक गोलकर्ताले ४ हजार १ सय, उत्कृष्ट फर्वड, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकले जनही ३ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा प्रत्येक खेलको इमर्जीगं प्लेयरले ५ सय रुपैयाँ मुल्य बराबरको गिफ्ट हेम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्