News Portal

ट्रिपर दुर्घटना हुदा चार जनाको मृत्यु, मृत्यु हुनेकाे पहिचान खुल्यो

रातोपोस्ट संवाददाता
५१२ पटक

लमजुङ, १५ जेठ ।लमजुङको मध्य नेपालमा ट्रिपर दुर्घटना हुँदा मृत्यु भएका चारजनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोहि ट्रिपरका चालक अन्दाजी २७ वर्षिय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुईजना सल्यान कुमाख गाउँपालिका वस्ने अन्दाजी वर्ष २२ का पारस शाह र गोरखा नगरपालिका १२ वस्ने अन्दाजी वर्ष २४ का वर्षिय रविन्द्र सेढाई रहेका छन् ।

मध्यनेपाल नगरपालिका वडा नम्वर ७ कोईलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्वरको ट्रिपर आइतबार साढे ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि ट्रिपर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीले बताए ।

उक्त ट्रिपर मध्यनेपाल नगरपालिका ७ कल्याणबेसीबाट बतासेचोकतर्फ ढुङगा लोड गरी जाँदै गरेको अवस्थामा सडकबाट करिव ३० मिटर तल खसेको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमाण्डप कन्सट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो । सडक उकालो कच्ची साँघुरो सडक लोड बढी भई ट्रिपर व्याक भएर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्