News Portal

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

रातोपोस्ट संवाददाता
२५६ पटक

काठमाडौं, १९ जेठ । बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्चले सदर गरेको छ । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँ र नवलपरासीको यसअघिको आदेशलाई नै सदर गर्दै थुनामै पठाउने आदेश गरेको हो ।

एक नाबालिग गायिकालाई बलात्कार गरको आरोपमा पुर्पक्षमा थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए। उच्चका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको हो।

बलात्कार आरोपमा उजुरी परेपछि गत फागुन ११ गते शाहले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी परेको थियो। दुवै अदालतले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएका थिए। पछि पीडित भनिएकी नाबालिग गायिकाले शाहले बलात्कार नगरेको भन्दै बयान फेरेकी थिइन्। त्यसपछि घटनाले ट्वीस्ट लिएको थियो। पीडित पक्षले बयान फेरे पनि उच्च अदालतले भने यसअघिकै जिल्लाको आदेश सदर गरेको छ।

प्रतिकृया दिनुहोस्