News Portal

पत्रकार महिला पत्रकार पुरुषबाट पीडित

रातोपोस्ट संवाददाता
२४८ पटक

काठमाडौं, २० जेठ । पछिल्लो समय हरेक क्षेत्रबाट यौनहिंसाको विरोधमा आवाज उठिरहेको छ । तर पनि मुलुकले यस्तो गतिविधिबाट छुट्कारा पाउन सकेका छैनन् । घर,विद्यालय,कार्यस्थल सबैतिरबाट महिलाहरु शोषित भइरहेका छन् । पत्रकारिता क्षेत्र पनि यौनहिंसाको दलदलमा फस्दै गएको पाइन्छ ।

पत्रकार कञ्चन न्यौपाने विगत तीन वर्षदेखि भोगिरहेको हिंसा,हैरानी तथा मानसिक यातनाबारे गम्भीर ध्यानाकर्षण भएको सञ्चारिका समूहले जनाएको छ । ‘नेपाल आज’का अध्यक्ष माधव गुरागाईले पटकपटक पत्रकार न्यौपानेलाई दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाटो ढुकेर,कार्यालय र घरमासमेत पुगेर अध्यक्ष गुरागाईले हैरानी दिने दाबी गरिएको छ । ‘कञ्चनका साथी,सहकर्मी , आफन्त र परिवारको सदस्यसमेतलाई टेलिफोन र सामाजिक सञ्जालमार्फत धम्की दिने र अपशब्द बोल्ने गरेको पाइएको छ’ विज्ञप्तिमा भनिएको छ ।

यसप्रकारको कार्यमा कमी नआएपछि प्रहरीसम्म पुगी पीडकलाई कारबाही गर्न निवेदन दिएको बताइएको छ । बारम्बार एउटै घटना दोहोरिदा पत्रकार न्यौपानेलाई मानसिक पीडा मात्र नभई भौतिक तथा पेशागत खतराबाट पनि गुज्रिनुपरेको समूहको ठहर छ ।

यसलाई समूहले महिला पत्रकारले भोग्दै आएको मुद्दाका रुपमा लिएको छ । प्रभावित पत्रकारको जीवन रक्षाको माग गर्दै अपराधिक कार्यमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउनुपर्नेमा समूहको जोड छ । पत्रकार न्यौपानेलाई उचित न्यायको मागसमेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्