रातोपोस्ट संवाददाता
झापा, २६ जेठ । झापामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा अर्जुनधारा नगरपालिका–११ निवासी २८ वर्षीय विपिन राईलाई बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ।
मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।