News Portal

मेचीनगरमा १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने आरोपी पक्राउ

रातोपोस्ट संवाददाता
३४९ पटक

झापा, २७ जेठ । झापाको मेचीनगर नगरपालिका–७ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ निवासी ३८ वर्षीय महेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले गत बैशाख २९ गते इँटाभट्टाकी १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा लागेको छ ।

घटना एक महिना अघिको भए पनि पीडित बालिकाले परिवारलाई भर्खरै मात्र जानकारी गराएको प्रहरीको भनाई छ । पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले शुक्रबार पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । योसँगै मेचीनगरमा एक महिनाभित्र तीन बलात्कार घटना घटेको छ ।

प्रतिकृया दिनुहोस्