रातोपोस्ट संवाददाता
झापा, २९ जेठ । झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । महेन्द्र राजमार्ग सडकखण्ड झापाको चारआली जंगल पाउँ पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
झापाका डिएसपी वसन्तकुमार पाठकका अनुसार बुद्वशान्ति-३ कि अन्दाजी ६५ वर्षीया हिमादेवी तिम्सिनाकाे शव फेला परेको हो । उनकाे शव बुटामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत महिलाको साथमा ब्यागसमेत रहेको प्रहरीले जनाएको छ ।