News Portal

एसकाे जिल्ला सचिवमा भट्टराई चयन

रातोपोस्ट संवाददाता
४५४ पटक

झापा, ६ असार । नेकपा एकीकृत समाजवादी झापा जिल्ला सचिवमा विपि भट्टराई चयन भएका छन् । सोमबार बिर्तामोडमा बसेको जिल्ला कमिटिको बैठकले भट्टराईलाई सचिवमा चयन गरेकाे हाे । भट्टराई यस अघि एसकाे जिल्ला उपसचिव रहेका थिए ।

यस अघिका जिल्ला सचिव मणि भण्डारीलाई केन्द्रिय परिषद सदस्यमा सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ । भण्डारी सहित १० जनालाई केन्द्रिय परिषद सदस्यमा सिफारिस गर्ने निर्णय जिल्ला कमिटिले गरेको नेकपा एसका मेचीनगर सचिव हरि तिम्सिनाले जानकारी दिए । जिल्ला अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय निर्वाचनको समिक्षा समेत गरेको थियो । स्थानीय तह निर्वाचनमा पार्टीको कमिकमजोरीलाई आगामी दिनमा सुधार गर्दै आगामी निर्वाचनका लागि पार्टीका सबै तहलाई सक्रिय बनाउने निर्णय गरेको नेकपा एसले जनाएको छ ।

प्रतिकृया दिनुहोस्