News Portal

पेट्रोलियम पदार्थको मूल्य घट्यो : अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

रातोपोस्ट संवाददाता
२५३ पटक

काठमाडौँ, ११ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

शनिबार बसेकाे सत्ता गठबन्धनको बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थमा लागेको कर समायोजन गरेर मूल्य घटाउने सहमति गरेसँगै डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घटेको हो ।

आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले साे जानकारी दिएका हुन् । उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनकाे भनाई छ ।

सरकारको निर्णयसँगै पेट्रोलको मूल्य अब १९९ रुपैयाँबाट १७९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, डिजेलको मूल्य १६३ रुपैयाँमा झरेकाे छ । घटेको पेट्रोलियम पदार्थको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिकृया दिनुहोस्