News Portal

काँकरभिट्टाकाे पर्यटकीय स्थल पातालगंगा कालीखोला क्षेत्रमा सरसफाई अभियान

रातोपोस्ट संवाददाता
२६७ पटक

झापा, ११ असार ।झापाको मेचीनगर-६ स्थित धार्मिक एवम् पर्यटकीय स्थल पातालगंगा कालीखोला क्षेत्रको आज पनि बृहत् सरसफाइ गरिएको छ । श्री पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रको आयोजनामा आज (शनिबार) सरसफाइ कार्यक्रममा गरिएकाे हाे । हप्ताकाे प्रत्येक शनिबार सरसफाइ अभियान सञ्चालन गर्ने योजना अनुसार सरसफाइ कार्यक्रम गरिएको सस्थाका अध्यक्ष ओमप्रकाश खापुङले बताए ।

गत जेठ २४ गते प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले विधिवत उद्घाटन गरेका थिए । धार्मिक एवम् पर्यटकीय स्थल पातालगंगा कालीखोला क्षेत्रलाई सिमसारकाे रुपमा विकास गरि नगरकाे गहनाकाे रुपमा निर्माण गरिने संस्थाका सदस्य नेत्र कार्कीले बताए । नेपालकाे पहिलो प्रवेशद्वार रहेकाे यस क्षेत्रलाई पर्यटन केन्द्रकाे रुपमा विकास गरि एउटा नमुना पर्यटक स्थल बनाउने याेजना रहेकाे संस्थाका सल्लाहकार बुद्व तिवारीले बताए । पातालगंगा काली खोलालाई दुईतिर बाँध निर्माण गरि यस क्षेत्रको वरिपरी रहेका रमणिय स्थानहरुबाट बोट विरुवाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकृषित गर्न सरसफाइकाे याे महान अभियानमा जुटेकाे सल्लाहकार तिवारीले बताए ।

अव्यवस्थित संरचना र प्राकृतिक छटाहरुलाई व्यवस्थित गरी संरक्षण गर्न सके भारत तथा अँन्य मुलकका पर्यटकहरु लगायत धार्मिक आस्थाका साथ नेपाल घुम्न आउने पर्यटकहरलाई आर्कषित गरी यसक्षेत्रको विकास गर्न सक्ने महशुस गरेर स्थानीय जनसहभागिताको आधारमा स्थानीय तथा सरोकारवाला निकायहरुसँग समन्वय गदैं कार्य गर्नका लागि श्री पातागंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रको स्थापना गरिएको संस्थाका अध्यक्ष खापुङले बताए।

प्रतिकृया दिनुहोस्