News Portal

प्रेस क्लब भद्रपुरको अध्यक्षमा शंकर

रातोपोस्ट संवाददाता
२७४ पटक

झापा, ११ असार । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको शनिबार भद्रपुरमा सम्पन्न साधारणसभाले शंकरको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा रोहित काफ्ले, महासचिवमा डिल्ली नेपाल, सचिवमा द्रोण अधिकारी, कोषाध्यक्षमा इशा प्रधान निर्वाचित भएका छन् । यसैगरी सदस्यमा बिगम श्रेष्ठ, भेषराज नेपाल, लक्ष्मी मिश्र र दीपेन्द्र कट्वाल निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्