News Portal

६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब

रातोपोस्ट संवाददाता
३१८ पटक

काठमाडौं, १६ असार । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरुको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटकाे तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ ।

माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दवावमा परेका छन् । यो समाचार आजको कान्तिपुरदैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्