News Portal

महेन्द्र मोरङ क्याम्पसमा तोडफोड

रातोपोस्ट संवाददाता
३८८ पटक

काठमाडौं, १६ असार । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले बिहीबार तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु लगायत विद्यार्थी सङ्गठनहरूले क्याम्पसको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यालयको टेबल, कुर्सीमा क्षति पुगेको छ ।

क्याम्पस इकाइको निर्वाचन अघि भएको सहमति पत्र कार्यान्वयन गर्न प्राध्यापक सङ्घका प्रतिनिधिले हस्ताक्षर गर्न नमानेपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले तोडफोड गरेको अनेरास्ववियु इकाई कमिटीका उपाध्यक्ष आरोग्य थापाले जानकारी दिए । गत असार १५ गते प्राध्यापक सङ्घको निर्वाचन भएको थियो । विद्यार्थीहरूले प्राध्यापक सङ्घको निर्वाचन अघि स्ववीयूको निर्वाचन गर्न माग गर्दै प्राध्यापक सङ्घको निर्वाचनमा अवरोध गरेका थिए । स्ववीयूको निर्वाचनका लागि निरन्तर पत्राचार गर्ने सहमतिपछि प्राध्यापक सङ्घको निर्वाचन भएको थियो ।

प्रतिकृया दिनुहोस्