News Portal

झापामा एमालेद्वारा किसानलाई मल उपलब्ध नभएको भन्दै मसाल जुलुस

रातोपोस्ट संवाददाता
३३९ पटक

झापा, २६ असार । नेकपा एमालेको भातृ संगठन नेपाल किसान संघ झापाले आज विर्तामोडमा विरोध जुलुुुुस आयोजना गरेको छ । किसानलाई मल उपलब्ध नभएको भन्दै किसान हरुले आन्दोलन गरेका हुन । संघिय सरकारको माध्यमबाट छिमेकी मुलुक भारतबाट आउने गर्दछ । खेति किसान गर्नेको लागी यो समय महत्वपूर्ण रहेको हुन्छ । झापा त्यसै पनि उर्वर भुमि भनेर चिनिन्छ मलको अभावले धानवाली नफस्टाउने हुँदा अहिले किसान मारमा परेका छन । भारतबाट चामल आयात गरेर यो सरकारले गल्ति गरेको आरोप नेकपा एमालेका झापा ईन्चार्ज अग्नि खरेलले लगाएका छन ।
मूल्य बृद्धि पनि तिव्र भएको भन्दै किसानहरुले गठबन्धन सरकारले किसानको हितमा बजेट निकासा गर्न नसकेको गुनासो गरेका छन । विर्तामोडमोडको मुक्ति चोक परिसर नारा जुलुस गर्दै राको बालेर नेकपा एमालेका कार्यक्रताले सरकारको विरोध जनाएका थिए ।

प्रतिकृया दिनुहोस्