रातोपोस्ट संवाददाता
काठमाडौं, २७ असार । मंगलबार पुन बस्नेगरी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
आजको बैठकमा सातै प्रदेशका सभापतिहरुले आ-आफ्नो धारणा राखेका थिए ।
भातृ तथा शुुभेच्छुक संस्थालाई सक्रिय र चलायमान बनाउनेसहित विभिन्न एजेण्डामा छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो ।बैठकमा भातृ तथा शुुभेच्छुक संस्था थप गर्नेबारे प्रस्ताव पेश हुँदैछ ।
बैठक केहिदिन चल्नेछ । बैठकमा स्थानीय तहको समिक्षा समेत गरिने बताइएको छ । भने बोल्नका लागि केन्द्रीय सदस्यहरुलाई ७ मिनेटको समय दिइएको छ ।बैठक भोलि दिँउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।