झापा, २८ असार । झापा मेचीनगर–१० धुलाबारी प्रणामी टोल माइती घरमा बस्दै आएकी रुवी पासवान सोमबार दिउँसोदेखि वेपत्ता भएकी छिन् । विल्टु पासवानकी छोरी रुवी घरमा कोही नभएको अवस्थामा एकाएक हराएकी हुन् । रुविले सात वर्ष अघि भारतका एक युवासँग बिहे गरेकी थिइन् । बिहे गरेको केही वर्षपछि परिवारसँग खटपट भएपछि धुलाबारी माइती घरमा बस्दै आएकी थिइन् ।
रुवीको ६ वर्षका छोरा पनि छन् । छोरा पनि साथमा लिएर माइती घरमा रहेकी रुवी कता गइन् अत्तोपत्तो छैन । छोरी कता गइन् केही थाहा नभएको बुवा विल्टु पासवानले बताए ।
बुवा विल्टुले छोरी एकाएक हराएपछि खोजिदिन प्रहरीसँग गुहार मागेका छन् । रुवीको परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजीका लागि निवेदन दिएको समाजसेवी प्रकाश खड्काले बताए । २७ वर्षीया रुवी हराएपछि खोजीका लागि सबैसँग सहयोगको अपिल गरिएको समाजसेवी खड्काले बताए ।
मेचीनगरकी रुवी पासवान बेपत्ता
रातोपोस्ट संवाददाता
- एनएमसीलाई प्रश्न: घरघरमा ट्याग राखेर अस्वस्थ प्रतिस्पर्धा किन ?
- एनएमसी फलोअप: सदस्यको घरमा राखिएको ट्याग हटाउन यसअघि नै आएको थियो निर्देशन
- मिल्यो बालकल्याण माविको कुटपिट घटना
- राज्यको एउटा निर्णयले ‘बिचल्ली’मा किसान
- उद्घाटनमै सीमित त बन्दैन ‘ट्राफिक टाइम कार्ड’ ?
- मेची कृषकको साधारण सभामा सम्मान
- लोकतन्त्रको मजबुतीका लागि अध्ययन र अन्तरक्रिया